आज :

अमेरिकाद्वारा रुसमाथि पाँचसय नयाँ प्रतिबन्ध घोषणा, पुटिनले भने- हामीलाई कुनै असर गर्दैन

  • अनलाइन डबली

काठमाडौं । अमेरिकाले रुसमाथि थप नयाँ क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । रुसले युक्रेनमा लगातार २ वर्षदेखि आक्रमण जारी राखेका बेला अमेरिकाले रुसमाथि पाँचसय भन्दा बढी नयाँ प्रतिबन्धहरुको घोषणा गरेको हो ।

रुसलाई सहयोग गर्ने १०० बढी संस्थाहरु पनि प्रतिबन्धको सूचीमा छन् । ह्वाइटहाउसले निकालेको विज्ञप्ति अनुसार रुसको आर्कटिक क्षेत्रमा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युको कारण पनि प्रतिबन्धहरु लगाइएको जनाएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले नाभाल्नीको कारावाससँग जोडिएका व्यक्तिहरूका साथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार र खरिद सञ्जाललगायत अन्य क्षेत्रहरूमा पनि प्रतिबन्ध लगाइने उल्लेख छ । अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनले उच्च मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

उता, बेलायतले पनि रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको नयाँ प्याकेज घोषणा गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिनको हतियार र युद्धलाई कम गर्ने प्रयास गरिरहेको बताएको छ । बेलायतकी विदेशमन्त्री डेभिड क्यामरुनले ५० भन्दा बढी व्यक्ति र संस्थालाई प्रतिबन्ध लगाएको बताइन् ।

बेलायत र अमेरिका बाहेक युरोपियन युनियनले पनि रुसमाथि नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको छ । ईयूले भारतसहित रुस, चीन, काजाकिस्तान, सर्बिया, थाइल्याण्ड, श्रीलंका र टर्कीमा दर्ता भएका २७ कम्पनीमाथि प्रतिबन्ध लगाएको हो ।

उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रतिबन्धले आफूलाई कुनै असर नगर्ने बताएका छन् । पुटिनले आफ्नो युक्रेन मिसन पूरा नभएसम्म हमला जारी रहने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal