आज :

सांसद सापकोटाको ज्ञानेन्द्र शाहीलाई प्रश्न–अराजकता प्रदर्शन गर्न निर्वाचित भएर आएको हो ?

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपक्षी सांसदहरुलाई मर्यादित बन्न चेतावनी दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले प्रतिपक्षी दलका सांसदहरुले हुलहुज्जत गरेको, मर्यादा पालना नगरेको र अन्य सांसदहरुले बोल्न पाउने अधिकार खोसेको आरोप लगाए ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाही सदन चल्न नदिने बताएपछि सापकोटा आक्रोशित बनेका हुन् । ‘संसद चल्न नदिन र अराजकता प्रदर्शन गर्न जनताबाट निर्वाचित भएर आएको हो ? यो व्यवस्था गलत छ भने तपाईहरु संसदको पदबाट राजीनामा दिएर सडकमा जानुहोस । तपाईहरुलाई विद्रोह गर्ने अधिकार छ तर संसदमा होइन सडकमा जानुहोस,’ उनले आक्रोश व्यक्त गर्दै भने ।

‘म प्रतिपक्षका साथीहरुलाई धारा २१ को (ङ)बुदाँमा व्यवस्था भभएको बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरुपयोग नगर्न अनुरोध गर्दछु । नियमापत्तिको कुरा छ भने नियमापत्ति गरेर आफ्नो कुरा सान्दर्भिक रुपमा राख्नुहोस । प्रमुख प्रतिपक्ष दलको संख्या बढी छ भन्दैमा ढ्याप ढ्याप गरेर हाम्रो स्वरहरुलाई कण्ठित गर्ने ? यही हो लोकतन्त्र, यही हो प्रमुख प्रतिपक्षीको भूमिका ?’ सापकोटाले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal