आज :

  • अनलाइन डबली

बिना कारण एनआरएनएका कर्मचारीलाई बिदा, केन्द्रीय कार्यालयको चाबी खल्तीमा राखेर बद्री केसी

जापान । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा बिना कारण कर्मचारीहरुलाई बिदा दिइएको छ ।

संघका अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले बिहीबारदेखि बोलाएको ‘फेस टू फेस बैठकलाई असफल बनाउन बद्रि केसीको आदेश अनुसार समूहले केन्द्रीय कार्यालयका कर्मचारीलाई बिदा दिइएको हो । बद्रि केसी समूहको अनैतिक काममा साथ दिएर एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतले बिहीबारदेखि लागू हुने गरेर कर्मचारीलाई बिदा दिएका हुन् । ‘सीईओ सरले बिहीबारदेखि कार्यालय बन्द हुने भन्नु भएको छ,’ केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले भने,‘कारण हामीलाई थाह भएन भोलिदेखिको बैठक हुने र विवाद हुने देखिएकोले कार्यालय बन्द गर्ने भनिएको छ।’ यसअघि पनि केसी समूह र सीईओ राउतको डिजाइनमा कर्मचारीलाई बिदा दिने निर्णय भएको थियो ।

केन्द्रीय कार्यालयको चाबी नै बोकेर बद्रि केसी अहिले हिड्ने गरेका छन् । ‘पहिला एनआरएनए मुख्यालयको हलको चाबी गार्ड तथा सीईओसँग हुने गरेको थियो,’केन्द्रीय कार्यालयका ती कर्मचारीले भने,‘अहिले चाबी मसँग हुँदैन भन्ने जानकारी सीईओ सरबाट आउने गरेको छ।’ एनआरएनए अध्यक्ष शर्माले बिहीबारदेखि काठमाडौं केन्द्रीय कार्यालयमा बैठक बोलाएका छन् । बैठकमा गैरआवासीय नेपाली संघमा देखिएको अन्यौलता,गैरआवासीय नागरिकता लगायतका विषयमा छलफल हुने छन् । निर्धारित समयमा केन्द्रीय कार्यालयमा बैठक हुने जानकारी अध्यक्ष शर्माले दिए । ‘हामी सबैले पैसा उठाएर बनाएको भवन भएको हुँदा गैरआवासीय सबै नेपालीले बैठक गर्न सक्ने अधिकार रहेको भवनमा बैठक हुन्छ,’शर्माले भने,‘तोकिएको समयमै बैठक हुन्छ।’

महासचिव बुद्धि सुवेदीले पनि विहीबारको बैठक जसरी पनि हुने बताउँदै सीइओले असहयोग गरेको कुराको पनि समीक्षा हुने बताए ।

गत अक्टोबर महिनामा काठमाडौँमा आयोजित संघको ११ औं महाधिवेशनमा अनलाइनबाट गराइएको निर्वाचनमा योजनाबद्ध ढंगले धाँधली गरिएको खुलासा भए पछि संघका झन्डै दुइ-तिहाइ सदस्यहरुको समर्थनसहित अभियन्ताहरुले आरके शर्माको नेतृत्वमा छुट्टै कार्यसमिति गठन गरेका थिए। तर बद्री केसी समूहले अवैध रुपमा सपथ ग्रहण गरी केन्द्रीय कार्यालय आफ्नो कब्जामा लिएका छन्।

निर्वाचनमा गरिएको अनियमितता बारे नेपाल सरकारद्वारा गठित उच्चस्तरीय समितिले छानबिन गरिरहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal