आज :

डोनाल्ड ट्रम्प ठगी मुद्दामा दोषी ठहर, तीन सय ५५ मिलियन डलर जरिवाना

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ ।

अदालतले सिभिल फ्रड मुद्दामा ट्रम्पविरुद्ध ९० पृष्ठको फैसला दिएको छ । फैसला अनुसार अदालतले ट्रम्पलाई न्युयोर्कस्थित कम्पनीमा निर्देशकको रुपमा काम गर्न प्रतिबन्ध लगाएको छ । उनीहरुले तीन वर्षसम्म कम्पनीको सञ्चालक बन्न पाउने छैनन् । अदालतले ट्रम्पसँगै उनका दुवै छोरालाई पनि सजाय सुनाएको छ ।

अदालतले डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई ४० लाख अमेरिकी डलर जरिवानाको सजाय सुनाएको छ । साथै, ट्रम्पका दुवै छोराले न्युयोर्कको एउटा कम्पनीमा दुई वर्षसम्म निर्देशकको रूपमा काम गर्न पाउँदैनन् ।

महान्यायाधिवक्ताको कार्यालयले न्यायाधीशलाई डोनाल्ड ट्रम्पलाई ३७० मिलियन अमेरिकी डलर तिर्न अनुरोध गरेको थियो । तर, अदालतले ट्रम्पलाई ३५४.८ मिलियन अमेरिकी डलर जरिवाना तोकेको छ । मुद्दाको सुनुवाइ दुई महिना भन्दा बढी चलेको थियो, जसमा ट्रम्प, ट्रम्पको कम्पनीका शीर्ष अधिकारी र ट्रम्पका बच्चाहरू सहित ४० साक्षीहरू अदालतमा उपस्थित थिए ।

यसअघि अदालतले कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकृत एलेन वेसेलबर्गलाई पनि १० लाख अमेरिकी डलर तिर्न आदेश दिएको थियो । उनलाई तीन वर्षसम्म कम्पनीमा काम गर्न पनि प्रतिबन्ध लगाइएको छ । ट्रम्पका वकिलहरुले अदालतको यो निर्णयलाई अन्यायपूर्ण भनेका छन् ।  आदेश राजनीतिक प्रेरित भएको उनीहरुको तर्क छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal