आज :

माओवादी केन्द्र निकट पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पाण्डे, ५१ सदस्यीय नयाँ कार्य कमिटी चयन

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको प्रथम अधिवेशनले नवराज पाण्डेको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमितीको चयन गरेको छ । बिहिबार केन्द्रीय राजधानी काठमाडौंमा सम्पन्न अधिवेशनले सर्वसम्मतिले सो नयाँ केन्द्रीय कमिटी चयन गरेको निवर्तमान अध्यक्ष नवराज दाहालले बताए ।

नव निर्वाचित कमिटीलाई पार्टी किन्द्रीय सदस्य तथा नेपाल उद्योग व्यापार महासंघका इन्चार्ज टेक बहादुर बस्नेतले बधाई तथा शुभकामना दिदै सर्बसम्मतिले चयन भएको नयाँ टिम निकै सशक्त र क्रियाशिल हुने विश्वास रहेको बताए ।

 

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले बधाई दिदै परिवर्तनको संवाहक माउपार्टी माओवादीको एक सशक्त संगठनले पर्यटन क्षेत्रमा व्यप्त समस्याहरुलाई हल गरेर नयाँ दिशा दिने आशा रहेको बताए ।
सो पार्टीका उपत्यका विशेष कमिटी सचिब राम प्रसाद सापकोटा(कमल)ले आफ्नै पार्टीको नेतृत्वमा पर्यटन मन्त्रालय रहेकाले सो क्षेत्रमा नयाँ कमिटीले मार्गदर्शन गर्ने विश्वास रहेको बताए । पर्यटन क्षेत्रका सम्भावना उजागर र विक्रिति विसंगतिलाई हल गर्न सबै एकजुट भएर लाग्नु पर्ने सुझाए ।

सो संगठनका निवर्तमान अध्यक्ष नवराज दाहालले आफ्नो कार्य काललाई सफल बनाउन साथ दिने पार्टी नेतृत्व र सहकमीहरुलाई धन्यबाद दिदै नयाँ कमिटीलाई आफ्नो साथ र सहयोग सधै रहने बताए । दाहालले नेपालको पर्यटनको विकासका लागि गुरुयोजना बनाउनु पर्ने आवश्यकता रहेको र नयाँ कमिटीले त्यस कार्यलाई जोड दिन विश्वास रहेको बताए ।

पाण्डे अध्यक्ष निर्वाचित भएको सो कमिटीमा ऋषिराम भण्डारी वरिष्ट उपाध्यक्ष र सूर्य बहादुर घिमीरे,प्रकाश चन्द्र देवकोटा,ठाकुर प्रसाद सापकोटा, शोभाकर बन्जाडे, इन्द्र प्रसाद भण्डारी,देवी कष्ण रोकाया,देवराज जैसी गरि हरेक प्रदेशको प्रतिनिधित्व गर्ने गरि ७ उपाध्यक्ष चयन भएका छन् । त्यसै गरी महासचिवमा अबिर मल्ल, सचिवमा अजिब भट्ट, कोषाध्यक्षमा सरिता लामा र सह–कोषाध्यक्षमा कष्ण बहादुर परियार केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा बिमला दाहाल, भुवन मास्के,हरी भट्ट, रामशरण उप्रेती, शर्मिला काफ्ले, राजेन्द्र पाण्डे, राज कुमार बस्नेत, गोपाल थापा,ऋषि प्रसाद नेपाल, मोहन प्रधान,बुदि प्रसाद बुर्लाकोटी, दावा लामा तामाङ, टंक प्रसाद अधिकारी, राज कुमार धमला, माधव कुमार धमला, गुणराज श्रेष्ठ, खिल बहादुर श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, सुनिता गुरुङ, हर्क बहादुर गरुङ, सुरेन्द्र लामिछाने, अर्जुन सिमखडा, सुरज लामिछाने, त्रिलोक न्यौपाने, मेख बहादुर बिक, नवराज ढकाल, दिपक पुडासैनी, मान बहादुर महत, बाबुराम न्यौपाने,सुकदेव बिक, प्रेम बहादुर लामा, योङजर लामा,मोहन सन्ज्याल,धनन्जय जैसी, खम्बेश्वर राइजु, सशाङ जोशी, हरी गुरुङ र शुवास ढुंगाना गरी ५१ सदस्यि केन्द्रीय समितिको चयन गरीएको संगठनले बताएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal