आज :

मानव तस्करी गरेको भन्दै फ्रान्सले रोक्यो भारतीय बोकेको चाटर्ड विमान

  • अनलाइन डबली

काठमाडौं । मानव तस्करीको आशंकामा फ्रान्सले भारतको चार्टड उडान रोकेर अनुसन्धान थालेको छ । फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु गरेको हो ।

विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ । तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।

पेरिस सरकारी वकिलको कार्यालयले संगठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ इकाई, सीमा प्रहरी र उड्डयनसँग सम्बन्धित एजेन्सीले अनुसन्धान गरिरहेको बताएको छ ।

उनीहरुले सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको छ । साथै, विमानका यात्रुसँग पनि सोधपुछ भइरहेको छ । यस सम्बन्धमा कुनै अज्ञात व्यक्तिले जानकारी दिएको बताइएको छ । यो विमान ए–३४० रोमानियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको हो ।

दुबई (युनाइटेड अरब इमिरेट्स)बाट उडेको उक्त विमान प्राविधिक रोक (इन्फ्युलिङ)का लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो । यो एयरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एयरलाइन्सका लागि प्रयोग गरिन्छ । प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal