काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जीवन बुढाले विपदलाई प्रचारको हतियार बनाएर जनार्दन शर्मा ‘प्रभाकर’ को बदनाम गर्न झुट समाचार प्रकाशित गरिएको बताएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमाको उद्दार, राहतमा खटिएका नेता बुढाले भूकम्प पीडितको उद्दारमा खटिएका प्रभाकरविरुद्ध तथ्यहिन हुँदै नभएको झुटो समाचार प्रकाशित गरेको बताए ।
“विपदलाई प्रचारको हतियार बनाएर प्रभाकरको चरित्रहत्या गर्न हुँदै नभएको विषयलाई समाचार बनाएर प्रचार गरियो । यो समाचार होइन, रचिएको नाटक र षड्यन्त्र हो । समाचार हुनलाई तथ्य प्रमाण हुनुपर्छ । यो काल्पनिक कथा हो” बुढाले भने । उनले उद्दार, राहतलाई प्रभावकारी बनाएपछि विरोध गर्ने विषय नभएकोले झुटो कथा बनाएको बताए ।
एक जिल्लाको राहत सामाग्री अर्को जिल्लामा लिने सक्ने अवस्था नभएको बुढा भन्छन्, “सरकारले एकद्वार प्रणालीबाट राहत पठाएकोले एक जिल्लाको लागि गएको राहत अर्को जिल्ला लैजान सक्ने अवस्था नै थिएन । किनकी जहाँबाट राहत हिड्यो, त्यहीबाट पुग्ने ठाउँमा सम्पर्क भइसकेको हुन्थ्यो ।” उनले सबै उद्दारमा खटिएकोले राहत आउला र आफ्नो ठाउँमा ल्याउला भनेर कुरेर बस्नेसक्ने अवस्था नभएको बताए ।
भूकम्प गएको रातिबाटै उद्दारमा खटिएका बुढाले आफूलाई सबैभन्दा विश्वसनीय दाबी गर्ने मिडियाले काल्पनिक कथा बनाएर समाचार लेखेपछि उसको मुकुण्डो उतारिएको दाबी समेत गरे । भने, “आफूलाई देशकै विश्वसनिय दाबी गर्ने संचारमाध्यमले राहत वितरणको सवाललाई अनर्गल र तथ्यहिन झुट प्रचार गरेर आफ्नो असलियत भूकम्प पीडितलाई देखाएको छ ।”
भूकम्प पीडितको उद्दारमा खटिएकाहरुलाई हौसला दिनुको साटो पीडितलाई थप पीडा दिने नियतका साथ समाचार प्रकाशित भएको बढाले बताए । “झुटो समाचार प्रकाशित गरेर आफ्नो धर्मबाट उक्त मिडिया च्युत त भयो नै, पीडितलाई थप पीडा दियो” उनले भने ।
सरकार र पार्टी नेतृत्वले समयमै उद्दार र राहतमा लिएको पहलबाट भूकम्प पीडितका पीडालाई राजनीतिक स्वार्थ पूरा गर्ने हतियार बनाउन नपाएपछि केही व्यक्तिहरु छटपटिरहेको बुढाले बताए । “केही मान्छेहरु भूकम्प पीडितका पीडालाई राजनीतिक स्वार्थ पूरा गर्ने हतियार बनाउन चाहन्थे । एक बोरा चालम र एक त्रिपाल लिएर सेल्फि हान्दै दाता कहलिने र पीडालाई सरकार र नेताहरुविरुद्ध प्रचारको हतियार बनाउन चाहन्थे । त्यो पूरा नभएपछिको निरासा र अक्रोस पनि व्यक्त पनि भएको हो” बुढाले भने ।
त्यहाँ के भएको हो भन्ने कुरा स्थानीय सरकार, प्रशासनसँगै राजनीतिक दल र पीडितलाई राम्रो जानकारी भएको समेत बुढाले दाबी गरे ।
पार्टीको अभियानको क्रममा रुकुम पश्चिमको आठबीसकोटमै खटिएका बुढाले विहान ४ बजेसम्म मानिसहरुको उद्दारको काम सकिएको बताए ।
आफूहरुले पहिलो चरणमा मानिसहरुको ज्यान जोगाउन उद्दार गरेको बताउँदै भने, “विहान ४ बजेसम्म सबै मृतकको संख्या र घाइतेको उद्दार सकिएको थियो । पार्टी नेतृत्व र स्थानीय सरकारसहित सबै खटिएर युद्धस्तरमा खटिएका थियौँ । हामीले पहिलो स्थानमा जनताको जीवन रक्षालाई राखेका थियौँ । मर्ने त मरे, घाइतेको उपचार र च्यापिएकालाई निकाल्ने कामलाई प्राथमिकता राखेर उद्दार गरेका थियौँ ।”