आज :

व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य छैनः अध्यक्ष नेपाल

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रुपमा तयार हुनुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

मंसिर ७ गते दुर्गा प्रसाईंसहितका व्यक्तिहरुले काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने नाममा व्यवस्था र संविधानमाथि धावा बोल्ने प्रयत्न भएकोतर्फ इंगित गर्दै नेपालले भने, “व्यवस्थामाथि नै चुनौति दिने कुरा स्वीकार्य छैन । आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धीहरुको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान र गणतन्त्रको पक्षमा हामी जनताको माझमा जान्छौं, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौं ।”

अध्यक्ष नेपालले २०६२–६३ को जनआन्दोलनअघि पनि जनता राजनीतिक दलको साथमा नरहेको हौवा पिटिएको भन्दै आफूले नेतृत्व गरेको तत्कालिन एमालेले नै जनताको शक्तिलाई गाउँगाउँमा गएर परिचालन गरेको फलस्वरुप जनआन्दोलन सफल भएको दावी गरे । “फेरि पनि व्यवस्थामाथि चुनौती खडा भए हामी जनतामा जान्छौं” नेपालले भने ।

मंसिर ७ कै दिन एमालेले पनि आफ्नो युवा संघमार्फत प्रदर्शनको कार्यक्रम तय गरिएकोलाई अध्यक्ष नेपालले गलत भएको बताए । उक्त दिनको कार्यक्रमलाई मध्यनगर गर्दै प्रधानमन्त्री प्रचण्डले आफूसहितका अन्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न बोलाएको नेपालले जानकारी समेत दिए ।

भर्खरै चीन सरकारको निमन्त्रणामा त्यहाँका विभिन्न भूभागको भ्रमणका क्रममा चीन सरकारले गरेको स्वागत र सत्कारको नेपालले प्रशंसा गर्दैै भने, “म यसअघि प्रधानमन्त्री हुँदा र पार्टी नेताकै हैसियतले चीन जाने गरेको थिएँ, तर यति महत्वका साथ स्वागत गरिएको थिएन ।” उनले उक्त स्वागतलाई आफ्नो पार्टीप्रति चीन सरकार र त्यहाँको कम्युनिष्ट पार्टीले दिएको महत्वका रुपमा बुझ्नुपर्ने बताए ।

चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति दिएको ५० लाख युआन सहयोगमा आफ्नो पार्टीको भूमिका रहेको उल्लेख गर्दै उक्त रकम हस्तान्तरणका क्रममा प्रमुख चार दलका नेतालाई बोलाएको जानकारी दिए ।

चीन सरकारले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) को प्रशंसा गर्दै अध्यक्ष नेपालले त्यसमा नेपालको सहभागिताका निम्ति कुनै हिच्किचाहट पाल्नु नहुने बताए ।

“कतिपयले नेपाल बिआरआईमा सहभागी नहोस् भन्ने चाहेका छन्, तर म अनुरोध गर्न चाहन्छु हामीलाई जसले सहयोग गर्न चाहन्छु, त्यस्तो सहयोग लिन तयार हुनुपर्छ । राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानमा अलिकति पनि आँच नआउने गरी कुनैपनि सहयोग लिनुपर्छ” अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal