आज :

जनयुद्धको आधार क्षेत्रमा पुगेर प्रचण्डले भने–विप्लव र बाबुरामजीसँग एकता हुन्छ

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादीहरु विभाजित भएका कारण जनयुद्धका उपलब्धीहरु हराउने बताउँदै पुनः एकजुट हुनेबारे छलफल भइरहेको बताए ।

आइतबार पूर्वी रुकुमको उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको बताउँदै फेरि एकजुट हुनुको विकल्प नभएको बताए ।

पार्टीको चार महिने अभियान अन्तरगत रुकुम पूर्वमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको थियो। नेकपा अध्यक्ष डा। बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको छ ।” पूर्वमाओवादीहरु एकजुट भएर जनयुद्धका उपलब्धीको रक्षा गर्ने समेत बताए ।

सोही कार्यक्रममा एक अर्को प्रसंगमा प्रचण्डले नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत बताए ।

चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने प्रतिवद्धता समेत जाहेर गरे ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal