आज :

नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा : महासचिव वैद्य

  • अनलाइन डबली

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य ‘किरण’ले नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा निर्माणको आवश्यकता औल्याएका छन् ।

नेपाल संवत् ११४४ को अवसरमा आयोजित एक कार्यक्रममा वैद्यले, अहिलेको राज्य व्यवस्था भत्काएर नयाँ राज्यव्यवस्था निर्माणका लागि संयुक्त मोर्चा आवश्यक रहेको बताए ।

“पहिचानसहतिको संघीयता भन्ने माओवादीको एउटा पक्ष सरकारमा नै छ । पुरानो राज्यसत्तालाई भत्काएर नयाँ राज्यसत्ताको निमार्णका लागि हामी जनतालाई साथ लिएर सशक्त रुपमा अगाडि बढ्न जरुरी छ । जनताको बीचमा भिजेर पुरानो राज्यसत्ता, दलालपुँजीपति वर्ग र बचेका सामन्त वर्गलाई ध्वस्त पारेर, यो संविधानलाई ध्वस्त पार्ने, यो संसदीय व्यवस्थालाई पनि अन्त्य गर्ने गरेर एउटा नयाँ संविधान लेख्ने हिसाबको सम्पूर्ण देशभक्त क्रान्तिकारीहरु र वामपन्थिहरु सबै जनालाई एकतावद्ध बनाएर एउटा गतिलो संयुक्त मोर्चा बनाउँन र राम्रो जलाधार तयार पार्न जरुरी छ । र यो सत्तालाई व्यवस्थाको विकल्प नयाँ संविधानको निमार्ण हो । र त्यो दिशामा हामी जानुपर्छ । हाम्रो पार्टीले त्यही निर्णय गरेको छ” वैद्यले भने ।

त्यस्तै उनले, संघीयता कार्यान्वयनका लागि समेत संर्घषको विकल्प नभएको बताए ।

स्थानीय सरकार, प्रदेश सरकार र संघको अधिकार क्षेत्रको बारेमा विवाद भएको भन्दै भने, “मुख्यमन्त्रीहरुको एउटा सम्मेलन भएको थियो, उनीहरुले कानून बनाउँनु पर्यो भनेर संघीय सरकारसँग अनुरोध गरे, त्यो कानून अझै बनेको छैन् । अहिले पनि अधिकार क्षेत्र कहाँ कस्को भन्ने छैन् । मधेश प्रदेशले एक महिनाको अल्टिमेटम दिएको छ । अब संघीयता मान्ने, अधिकार क्षेत्र कहाँ हो के हो भन्ने कुराको पनि मतलव छैन् । यो नेपाल संवत्का सन्दर्भमा पनि राष्ट्रिय मान्यता दिन भनेर मात्रै हुदैँन् कार्यान्वयनमा लानु पर्छ । त्यो कार्यानवयन गर्नको लागि संघर्ष बाहेकको अरु उपाय छैन् ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal