काठमाडौँ । धरानको मेयर हर्क साम्पाङले गणतन्त्रको विकल्प नभएको बताएका छन् । उनले जनताले चुनेको मान्छेले नेतृत्व गर्न पाउने व्यवस्था भएकोले गणतन्त्रको विकल्प नभएको बताए ।
“गणतन्त्रको विकल्प छैन, जनताले चुनेको मान्छेले नेतृत्व गर्ने व्यवस्था हो । हामी सबैको हक अधिकार बराबर छ, धन सम्पती बढी कम होला तर गणतन्त्रमा मान्छेको हक अधिकार बराबर हुन्छ” मेयर साम्पाङले भने ।
जनताले चुनेको व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्ने बताउँदै मेयर साम्पाङले भने, “जनताले चुनेको मान्छे राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्यो नि । राजतन्त्र नै आयो भने त भोलि त ल प्रधानमन्त्री, त जा भन्दै लात्ताले हानेर पठाउँछ । हिजो त्यही भएको हो अब हुने पनि त्यही हो ।”
मेयर साम्पाङले गणतन्त्र र राजतन्त्रबारे आफ्नो धारणा राखेको भिडियो अहिले भाइरल भएको छ ।
उक्त भिडियोमा साम्पाङले राजा नै बनाउने भए आफूलाई बनाउन आग्रह समेत गरे । उनले आफूलाई राजा बनाए कालो चश्मा लगाएर हात मात्रै हल्लाउने तर काम नगर्ने भन्दै ब्यांग्य समेत गरे ।
“म राजा भए यसरी तपाईँहरुसँगै गएर काम गर्दिन है, कालो चश्मा लगाएर हात हाल्लाउने मात्रै हो” उनले भने ।


अनलाइन डबली





