आज :

महिला टी २० : हङकङसँग नेपालको लजास्पद हार

  • अनलाइन डबली

काठमाडौं । महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपालले घरेलु टोली हङकङसँग लज्जास्पद हार व्यहोरेको छ ।

बिहीबार सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको लजास्पद हार ब्यहोरेको हो ।

नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ । पछिल्लो जितले हङकङले सिरिजको फाइनलमा तान्जानियासँगको भेट पक्का गरेको छ ।

नेपालले प्रस्तुत गरेको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर नताशा माइल्सको अविजित ३० रन र सान्जिन शहजादको अविजित २० रनमा हङकङले नेपालविरुद्ध सहज जित निकालेको हो । ओपनर माइल्सले ४ चौको मदतले अविजित ३० रनको शानदार इनिङ्स खेलेकी थिईन् ।

हङकङका मारिको हिल ५ रनमा रनआउट भएकी थिईन् । उनलाई नेपालकी कप्तान इन्दु वर्माले रनआउट गराएकी थिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने थियो । पछिल्लो हारले नेपाल सिरिजबाट बाहिरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal