आज :

जुवा खालबाट एनआरएनएका नेतासहित २२ जना पक्राउ, छुटाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीलाई गुहार

  • अनलाइन डबली

काठमाडौं । काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आबद्ध २ जना अभियन्तासमेत छन् ।

यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् ।

जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दवाव आइरहेको बताइएको छ ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दवाव आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाइप्रोफाइल भनिएका व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन् । पक्राउ पर्नेमा प्रहरी हाकिमका आफन्त समेत रहेका छन् ।

पक्राउ पर्नेहरू अम्बिर अधिकारी, नवराज तामाङ, सरोज अधिकारी, श्याम बाबु, टेक बहादुर कार्की, संजय मडहरी, कुमार खड्का, लोकबहादुर बोहोरा, चित्र तामाङ, विष्णु लाल लामा, लोप्साङ लामा, विशाल तामाङ, विकास खत्री, राजु जि.सी, लोक बहादुर तामाङ, निरबहादुर वाइबा, केशवराज अधिकारी, भुवन दाहाल, रामबहादुर लामा, प्रताप दानी, लोकबहादुर श्रेष्ठ र भरत बोहरा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal