आज :

नेपाल संवत् एतिहासिक गौरवको संवत् पनि हो – प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ  ।  प्रधानमन्त्री प्रचन्डले सरकारले नेपाल संवतलाई सरकारको माइनेटिङमा तथा दस्तावेजमा प्रयोग गर्ने निर्णय गरिएको बताएका छन् ।

नेपाल संवत ११४४ को उपलक्षमा सबैमा शुभकामाना ब्यक्त दिँदै प्रधानमन्त्रीले गणतन्त्र स्थापना पश्चात पहिलो नेपालको प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान गरिएको सम्झदै प्रधानमन्त्री भने, ‘नेवा समुदायले नेपाल संवतलाइ राष्ट्रिय संवतको रुपमा स्थापित गर्न गरेको योगदान लामो इतिहास छ । नेवा: समुदायले राष्ट्रिय संवतको रुपमा  घोषणा गराउन विगतमा गरेका संघर्षलाइ उच्च सम्मान तथा धन्वाद प्रकट गर्दछु । जनताको ऋण मोचन गर्ने शंखधर साख्वा गरेको योगदानलाइ सम्झिने हो भने, यो एतिहासिक गौरवको संवत पनि हो, यो सामाजिक न्यायसंग सम्वन्धित छ ।’

प्रधानमन्त्रीले नेपाल संवतका प्रवधक शंखधर साख्वाको प्रतिमा देशको सबै स्थानमा प्रतिष्ठापन गर्न जरुरी रहेको बताउँदै यसले नेपालको इज्जत, प्रतिष्ठा, मौलिकता र संस्कृतिलाई स्थापित गरेको बताए ।

बागमती प्रदेशले नेवा: र तामांग भाषालाई कामकाजी भाषाको मान्यता प्रदान गरिदिएकोमा धन्यबाद समेत प्रधानमन्त्रीले दिए ।

 

प्रधानमन्त्री  प्रचन्डले नेपाल संवत ११४४ को क्यालेन्डर सार्वजनिक गरे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal