आज :

नेपाल संवतमा प्रधानमन्त्रीको शुभकामनाः सहकार्य र एकताका साथ राष्ट्रको विकासमा योगदान

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, “२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ ।”

प्रधानमन्त्रीले यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने मैले विश्वास लिएको बताएका छन् ।

प्रचण्डले शंखधर शाख्वाले जनतालाई ऋणबाट मुक्त पार्ने अभियान चलाएको स्मरण गर्दै सन्देशमा भनिएको छ, “नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय छ, नेपाल संवत् नेपालको मौलिक संवत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो । शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तक हुनुहुन्थ्यो ।”

नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति शाख्याले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी गरेको प्रचण्डले बताएका छन् ।

नेपाल सम्वतलाई पहिलो पटक राष्ट्रिय मान्यता दिएका प्रधानमन्त्री प्रचण्डले नै अब सबै सरकारी कागजमा लेख्न अनिवार्य गर्ने निर्णय गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal