आज :

नवलपुर जीप दुर्घटनाः सातै जनाको मृत्यु, सबैको पहिचान खुल्यो

  • दिपेश श्रेष्ठ

कावासोती । नवलपुरको देवचुली नगरपालिका- ७ मुण्डे एस मोडस्थित दलदले-बुलिङटार भित्री सडक खण्डमा लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परी ज्यान गुमाएका सातै जनाको पहिचान खुलेको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा बौदीकाली गाउँपालिका- ६ माझडाँडा बस्ने बर्ष २८/२९ को छन बहादुर आले (चालक), सोही स्थान लाहपे बस्ने बर्ष ५२ की कुमारी राना (सवारी),माझडाँडा बस्ने बर्ष ५५ को टेकमान वानटक्की (सवारी), बुलिङटार गाउँपालिका- ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा मगर (सवारी), बुलिङटार- ४ चुलिबोझ बस्ने बर्ष अ.४०/४५ की कमला वानटक्की (सवार) र कावासोती नगरपालिका- १६ बस्ने बर्ष १७ को अस्बिन गैह्रे (सवारी) रहेको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा परी घाईते हुने मध्यबिन्दु नगरपालिका- २ मदनपुर बस्ने बर्ष १८ को चिरन अर्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो २:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिए ।

घटनास्थलमा मृत्यु हुने ६ जनाको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ भने उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएका चिरन आचार्यको शव उक्त अस्पतालमा रहेको प्रहरीले बताए ।

जीपमा ४ जना पुरुष र ३ जना महिला गरी ७ जना सवार थिए । दुर्घटनास्थलमा ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको थियो ।

जीप अन्यन्त्रित भई दुर्घटना भएको हो । मृतक सबैको पहिचान खुलेको छ । अब शवको पोष्ट्मार्टम गरी आफन्तलाई बुझाउने डीएसपी पौडेलले बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal