आज :

गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरु लागिराखेका छन्ः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको लोकतन्त्र, गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिराखेको दाबी गरेकी छन् ।

शनिबार ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका होनहार व्यक्तित्वहरुले सहदातप्राप्त गरेर ल्याएको व्यवस्था लोकतन्त्र र गणतन्त्रप्रति प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिराखेको दाबी गरेकी हुन् ।

उनले भनिन्, ‘यत्रो बलिदान गर्यौं । कीर्तिपुरसहित देशभरका होनहार व्यक्तित्वहरुले सहदात प्राप्त गरेर व्यवस्था प्राप्त गर्यौं । त्यो व्यवस्था, लोकतन्त्र, गणतन्त्रप्रति फेरि पनि यहाँ प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिराखेको हामीले देखिरहेका छौं ।’

मन्त्री शर्माले हिजोको निरंकुशता नभोगेका र नदेखेकाले व्यक्ति र दलहरुले यो व्यवस्थालाई उल्ट्याउने र हिजै ठिक थियो कि भन्ने जस्तो भाव सिर्जना गर्ने ढंगले विगतकै राजतन्त्र र निरंकुशता ठिक हो भन्दै जनताको बीचमा गइरहेको बताइन् ।

उनले भनिन्, ‘जसले हिजोको निरंकुशता भोगेन, उनीहरु आज बरु विगतकै राजतन्त्र र निरंकुशता ठिक हो भन्ने ढंगले जनताबीच गइरहेको बेलामा कीर्तिपुरवासीको हिजोको ऊर्जा प्रगति, लोकतन्त्र र गणतन्त्रको पक्षमा फेरि आवश्यक भएको छ । देशव्यापी रुपमा उठ्नुपर्ने आवश्यकता भएको छ ।’

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal