आज :

शक्ति बस्नेतः जाजरकोटी जनताका भरोसाको खम्बा, रातदिन भूकम्प पीडितसँगै (फोटोफिचर)

  • अनलाइन डबली

सुर्खेत । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत यतिबेला भूकम्पबाट प्रभावित जाजरकोटका बस्तीमा पुगेर राहत र पुनस्र्थापनाको लागि पीडितसँग अन्तरक्रिया गरिरहेका छन् । यो संकटको बेला मन्त्री बस्नेत घर आगनमा पुगेपछि पीडितलाई भरोसा बढेको छ ।

शुक्रबार राति भूकम्प गएको जानकारी पाएदेखि नै बस्नेत उद्दारको लागि सरकारी संयन्त्र परिचालनदेखि राजनीतिक दल तथा संघसंस्थासँग समन्वय गर्दै भूकम्प प्रभावित क्षेत्रमा खटिरहनुभएको छ । प्रधानमन्त्रीसँगै जाजरकोट पुगेर भूकम्प पछिको पहिलो मन्त्रिपरिषद् बैठकमा सहभागी भएर बस्नेत जिल्ला फर्किनुभयो ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका बस्नेत यतिबेला मन्त्रालयका सम्पूर्ण कामलाई छोडेर पीडितसँग रहेका छन् । मन्त्रीको लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मीलाई समेत नलिई पीडितको घरघरमा पुगिरहनुभएको छ ।

रामीडाँडा केन्द्र भएर गएको भूकम्पबाट जाजरकोटका ७० देखि ७५ प्रतिशत घर बस्न योग्य नभएको प्रारम्भिक विवरण आएका छन् । पूरै जिल्लाबासीको पुनस्र्थापना गर्नुपर्ने अवस्था सिर्जना भएकोले बस्नेत दीर्घकालिन योजना बनाउन प्रत्यक्ष अवलोकन गरिरहनुभएको छ ।

माओवादी केन्द्रका ऊर्जाशील नेता बस्नेतले समयमै पहल लिएका कारण उद्दार, राहतका कामहरु सोँचेभन्दा बढी प्रभावकारी भइरहेको छ ।

आफ्नै पहलमा राहत संकलन कार्य पनि जारी राखेका छन् । माओवादी नेतृ सत्य पहाडीलाई उक्त जिम्मेवारी दिइएको छ । दोस्रो चरणको राहत सामाग्री जाजरकोट पठाउने तयारी भइरहेको पहाडीले जानकारी दिनुभयो ।

जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित सांसद समेत रहेका बस्नेत कुनै प्रचारको लागि भन्दा पनि जिम्मेवारीबोधका साथ पीडितको लागि खटिनुभएको छ । मन्त्री बस्नेतको सक्रियताले भूकम्प पीडितले भरोसाका खम्बा भएको बताएका छन् ।

फोटोहरुः

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal