आज :

विश्व विज्ञान दिवसमा प्रधानमन्त्रीको शुभकामनाः संविधानले नवप्रवर्तनलाई प्रोत्साहन गरेको छ

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको बताएका छन् ।

विश्व विज्ञान दिवसको सन्दर्भमा शुभकामना सन्देश दिदैँ उनले अनुसन्धान नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रलाई सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको बताए ।

“नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको छ । अनुसन्धान नवप्रवर्तन र उद्यमशीलता राष्ट्रिय प्राणालीहरु एकीकृत गर्न यस क्षेत्रमा विद्यमान संरचनाहरुको सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको छ” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

आजको दिनले शान्ति र विकासका लागि विज्ञानसँग सम्बन्धित गतिविधिहरूमा सरकारी अधिकारीहरू सञ्चारमाध्यमहरु र विद्यार्थीहरु लगायत विभिन्न बालाहरूको सहभागिता प्रोत्साहना गर्ने विश्वास लिएको प्रधानमन्त्रीले बताए ।

वैज्ञानिक, अनुसन्धानकर्मी, प्रविधि विकास र नवप्रवर्तनमा लागेका युवा प्रतिभाहरूको सुरक्षा र प्रवद्र्धनमा लगानी बढाउने नेपाल सरकारका नीतिहरू कार्यान्वयनमा रहेका भन्दै यसको प्रवद्र्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेका पनि प्रधानमन्त्रीको शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, “वैज्ञानिक, अनुसन्धानकर्मी, प्रविधि विकास र नवप्रवर्तनमा लागेका युवा प्रतिभाहरूको सुरक्षा र प्रवद्र्धनमा लगानी बढाउने नेपाल सरकारका नीतिहरू कार्यान्वयनमा रहेका छन् । चालु आर्थिक वर्षमा सरकारले वैज्ञानिक अनुसन्धानकर्मी, आविष्कारक युवा उद्यमीलाई सहयोग पुयाउन अनुसन्धान, आविष्कार तथा नवप्रवर्तन जस्ता युवामैत्री कार्यक्रमहरुका लागि बजेट विनियोजन समेत गरेको छ । सरकारले अनुसन्धान आविष्कार र उद्यमशीलता प्रवर्द्धन गर्न विधेयकको मस्यौदा तयार गरिरहेका छ ।”

यस्तै, उनले नीतिहरु र वैज्ञानिक अनुसन्धानमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निमार्णको बाटोमा सबै सरोकारवालाहरुसँग समन्वयात्मक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक भएको भन्दै सरकारले विज्ञान, प्रविधिको माध्यमबाट बेरोजगारीको समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाई समृद्धि गर्न दुढ संकल्प गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal