आज :

जनार्दनको खुलासाः कैलाश सिरोहियाले स्टक एक्सचेन्ज मागेका थिए, नदिएपछि विरुद्धमा समाचार

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ आफूले स्टक एक्सचेन्ज विना प्रक्रिया दिन तयार नभएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्ना विरुद्ध लागेको बताएका छन् ।

भूकम्प पीडितको राहत तथा पुनस्र्थापनामा खटिएका प्रभाकरले विहीबार रुकुम पश्चिममा पत्रकार सम्मेलन गर्दै भने, “म अर्थमन्त्री हुँदा कैलाश सोरिहिया आएर हात मिलाउँछु है भनेको र अर्को दिन मलाई स्टक एक्सचेन्ज चाहियो भनेको र मैले त्यो कुरा अर्थमन्त्रीले दिन मिल्दैन । प्रक्रियामा आउनुहोस् भन्दा मेरो विरुद्धमा समाचारहरू आउन थालेका हुन् ।” उनले कान्तिपुर आफ्नो राजनीतिक चरित्र हत्या गर्ने लागिरहेको बताए ।

कान्तिपुरले आफ्नाविरुद्ध अचाक्ली ज्यादती गरेको समेत बताउँदै प्रभाकरले भ्रमपूर्ण समाचार नलेख्न समेत चेतावनी दिए । उनले जाजरकोटमा शक्ति बस्नेत र आफ्नोबीच कोअर्डिनेशन भइरहेको बताउँदै राहतको गाडी कब्जा गर्ने कुरा कल्पना बाहिर भएको बताए ।

“म माथि एउटा मिडियाको ज्यादती अचाक्ली भयो, जाजरकोटको जनता पनि मेरो हो, यहाँको पनि मेरो हो,’ शर्माले भने, ‘उता शक्ति बस्नेत यता मैले गर्ने भनेर हामी लागिरहेका छौँ । कोअर्डिनेशन भइरहेको छ । मैले गाडी कब्जा गर्ने कुरा कल्पना बाहिरको कुरा हो” प्रभाकरले भने ।

प्रभाकरले जिल्लाहरूमा आवश्यकताअनुसार राहत वितरणको कार्य भइरहेको र राहत वितरणमा कुनै राजनीतिकरण नभएको बताउँदै भने, “राजनीतिक रूपमा कुनै पनि ठाउँमा राहत वितरण भएको छैन । प्रभावित क्षेत्रमा व्यवस्थित रूपले राहत वितरण भइरहेको छ । सबैको एकता, सहकार्य अनुसार विपत्तिलाई सामना गर्ने हो । बाहिरबाट अनावश्यक रूपमा हमला गरी समाचारहरू प्रकाशन गरेर यहाँको बदनाम गर्न खोजियो ।”

प्रभाकरले अहिलेसम्म राहत बोकेको कुन गाडी कहाँबाट आयो त्यो कुरा आफूलाई थाह नपाएको बताए । “कुन गाडी कहाँबाट आयो त्यो मलाई थाहा पनि छैन, संघ संस्थाहरुले फोन गर्दा कहाँको लागि हो भनेर सोधेको हुन्छु, उहाँहरूले रुकुमकै लागि हो भनेपछि मात्र मात्र आउनुहोस् भनेको छु । सरकारबाट आएको राहत जिल्लाहरूमा बाँडफाँट गरेर नै वितरण भइरहेको छ” प्रभाकरले भने ।

जिल्लामा सोलार आवश्यक नै नरहेको बरु खाद्यान्न लगायतका सामाग्रीको अभाव रहेको बताउँलै भने, “अपहरण गरेर यहाँ ल्याएर सोलार बाँड्नुपर्ने कुरा नै छैन, हुँदै नभएको कुरा हो, भूकम्पले ध्वस्त भएका घरहरू, चर्केका घरहरू छन्, १८ हजार परिवारको व्यवस्थापन गर्ने चुनौती हामीसँग छ । प्रदेश सरकारलाई जस्तापाता किन्नका लागि आग्रह गरिएको छ ।”
पीडितको लागि अस्थायी व्यवस्थापनका लागि, पुनर्निर्माणको सन्दर्भमा कस्तो खालको घर निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको बताउँदै प्रभाकरले राहत लगत्तै अस्थायी व्यवस्थापन हाम्रो प्राथमिकता भएको समेत बताए ।

राहत एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको र आएको राहत स्टोरमा नराखिएको प्रकारले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal