काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बोलाएको मुख्य राजनीतिक दलको बैठक जारी रहेको छ । मुख्य राजनीतिक दलको बैठकमा भूकम्प पीडितका समस्या समाधानमा एकजुट भएर लाग्नु पर्ने अवस्था आएको बताउँदै प्रधानमन्त्रीले मुख्य राजनीतिक दलको बैठक आह्वान गरेका हुन् ।
बैठकमा लोकतान्त्रिक गणतन्त्र स्थापना, संविधान जारी र शान्ति प्रक्रियामा सहभागी दलहरु मात्रै सहभागी भएका छन् । बैठकमा रवि लामिछानेको पार्टी र राप्रपालाई बोलाइएको छैन ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, महेश बर्तौला, पदम गिरी, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुको उपस्थिति रहेको छ
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।