आज :

भूकम्प पीडितको लागि अखिल क्रान्तिकारीको रक्तदान सेवा, कुरुवालाई खाने–बस्ने व्यवस्था

  • अनलाइन डबली

काठमाडौँ । भूकम्पबाट घाइतेहरुको लागि अखिल क्रान्तिकारीले रक्तादान सुरु गरेको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले काठमाडौँ त्रिवि शिक्षण अस्पतालमा रक्तदान सुरु गरेको हो । भूकम्पमा परी घाइतेहरुको उपचारको क्रममा रगत आवश्यक हुने भएकोले अस्पतालमै रक्तदान सुरु गरिएको हो ।

अध्यक्ष पञ्चा सिंहले घाइतेलाई रगतको अभाव हुन नदिने आफूहरुले एक हप्तासम्म रक्तदानलाई निरन्तरता दिने जानकारी दिइन् । उनले रक्तदान गर्न सबैलाई आग्रह समेत गरिन् ।

जाजरकोट र रुकुम हुँदै काठमाडौंका जुनजुन हस्पिटलमा घाइतेहरुको उपचार हुन्छ त्यही ठाउँमा आवश्यक समन्वय गरेर रक्तदान गर्ने गरी टीम परिचालन गरिएको अध्यक्ष सिंहले जानकारी दिएकी छन् ।

भूकम्प पीडितको लागि जीवन रक्षाको लागि हप्ताव्यापी रक्तदान सेवा जारी राख्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

त्यसैगरी अखिल क्रान्तिकारीले घाइतेको कुरुवालाई खान र बस्नको व्यवस्था गर्ने समेत भएको छ । अध्यक्ष सिंहले घाइतेको कुरुवाको लागि काठमाडौँमा आएकाहरुको खाने र बस्ने व्यवस्था संगठनले गर्ने बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal