काठमाडौं । कर्णाली प्रदेश सरकारले आज शोक बिदा दिएको छ। भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा आज प्रदेशभरी शोक बिदा दिइएको हो ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरूलाई सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका १५७ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते छन् ।