आज :

संचारमन्त्री शर्माको निर्देशमा भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको निःशुल्क कल र एसएमएस

  • अनलाइन डबली

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन तथा म्यासेज ५ दिनका लागि सिमसहित निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

शनिबार विहान मन्त्रालयमा बसेको बैठकमा मन्त्री शर्माले कम्तिमा पनि पाँच दिनसम्म भूकम्प प्रभावित जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम क्षेत्रमा नेपाल टेलिकमले सीमसहित सेवा निःशूल्क उपलब्ध गराउने निर्देशन दिएकी थिइन् ।
सोही निर्देशनअनुसार टेलिकमले पाँच दिनका लागि निःशुल्क टेलिकमको सिमसहितको एसएमएस र कल सेवा उपलब्ध गराउने जनाएको छ ।

“प्रभावित क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क भोइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ” टेलिकमको सूचनामा भनिएको छ ।

उद्दार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्तेको वाइफालाई सेवा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

बैठकपछि मन्त्री शर्माले जारी गरेको विज्ञप्तिः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal