आज :

भूकम्पपीडितको उद्दार र राहतमा सहयोग गर्न एनआरएनएका अध्यक्ष कुँवरको अपील

  • अनलाइन डबली

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय सम्वन्वय परिषद् अध्यक्ष विनोद कुँवरले भूकम्प पीडितका राहत र उद्दारमा सहयोग गर्न अपील गरेका छन् । गएराति जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अपर्ण गर्दै अध्यक्ष कुँवरले घाइतेको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

अध्यक्ष कुँवरले भूकम्पबाट जाजरकोट, रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै देशी र विदेशमा रहेका सहयोगी मनहरुप्रति उद्दार र राहत कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

“जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट, रुकुमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको खबरहरुले चिन्तित बनाएको छ, मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धान्जली र घाईतेप्रति शिघ्र स्वस्थ्यलाभको कामना गर्दै यस्तो दुःखद परिस्थितिमा उद्दार तथा राहता कार्य मा आफुले सक्दो सहयोग प्रदान गरिदिनु हुन सम्पूर्ण सहयोगी मनहरुलाई आग्रह गर्दछु” अध्यक्ष कुँवरको अपीलमा भनिएको छ ।

गएराति गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३६ पुगेको छ भने अहिलेसम्म १६५ घाइते भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् ।

घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ । २२ जनालाई सुर्खेत रिफर गरिएको छ ।

यस्तै रुकुम पश्चिममा घाइतेमध्ये ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचाररत रहेका छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal