आज :

१० वर्षपछि विश्वकप प्रतियोगिताका लागि छनोट भएपछि क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए बधाई

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्रीले टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई दिदैँ प्राप्त सफलता प्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान प्रकट गरेका छन् ।

‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु’ प्रधानमन्त्रीको बधाई सन्देशमा भनिएको छ ।

आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । नेपालले १० वर्षपछि टि-२० विश्वकपमा स्थान बनाएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal