आज :

सर्वोच्चको आदेशलगत्तै रिगल पक्राउ, ११ वर्ष ११ महिना ५ दिन जेल बस्नुपर्ने

  • अनलाइन डबली

काठमाडौं । गुण्डा नाइके रिगल भनेर चिनिएका योगराज ढकाल फेरि पक्राउ परेका छन् । सर्वोच्च अदालतले राष्ट्रपतिबाट आममाफी पाएको आममाफी बदर गरेर पक्राउ गर्न आदेश दिएलगत्तै प्रहरीले रिगललाई पक्राउ गरिको छ ।

विहीबार दिउँसो प्रहरीलाई रिगललाई नेपालगंजबाट पक्राउ गरेको हो ।

चेतन मानन्धरकाे हत्या आराेपमा जेल सजाय भाेगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पाैडेलले स‌ंविधान दिवशकाे अवसरमा आममाफी दिएका थिए ।

उक्त आममाफी गैरकानूनी भएको भन्दै खारेजीको मागसहित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्चको यो आदेशले रिगल ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ ।

बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले रिटमाथिको सुनुवाइ सकेको थियो । सर्वोच्चले विहीबार फैसला सुनाउँदै आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

कारागारबाट रिगललाई अबिर जात्रासहित घरसम्म पुर्याइएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal