आज :

नेपालसहित १२० देश गाजामा जारी हमलाको विपक्षमा, इजरायलको पक्षमा अमेरिकासहित १४ देश मात्रै 

  • अनलाइन डबली

काठमाडौं । इजरायलले गाजा पट्टीमा जारी राखेको हवाई हमलाको विपक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । योसँगै संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ ।

प्रस्ताव पारित भएसँगै तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।

इजरायलले गरेको हवाई हमलाको पक्षमा १४ देशले मतदान गरेका छन् भने भारतसहित ४५ देशले मतदानमा सहभागी भएनन् ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए । उनले इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार रहेको बताउँदै अधिकार प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु रहेको दाबी गरे ।

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ। आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संसारबाट सम्पर्कविच्छेद भएका छन् ।

१२० देश एकातिर हुँदा समेत भारतले मतदानमा सहभागी नभएर आफ्नो ढुलमुले पारा देखाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal