काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो सिंहदरबारमा भेटघाट भएको हो ।
स्रोतका अनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण र पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा भएको छ ।