आज :

कालिकोटमा लक्ष्मी चौंलागाइको नेतृत्वमा आठ सदस्यीय समाजवादी मोर्चा गठन

  • अनलाइन डबली

कालिकोट । कालिकोटमा लक्ष्मी प्रसाद चौंलागाइको नेतृत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का कालिकोट संयोजक समेत रहेका चौंलागाईको नेतृत्वमा आठ सदस्यीय समाजवादी मोर्चा गठन गरिएको हो ।

आज चार राजनीतिक दल नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीका केन्द्रिय स्तरका नेताहरुको सहभागीतामा चौंलागाइको नेतृत्वमा समाजवादी मोर्चा गठन भएको हो ।

मोर्चाको अन्य सदस्यमा माओवादी केन्द्रबाट मनशोभा बुढा, नेकपा समाजवादीबाट चित्रसिंह गाउँले र धिरबहादुर विष्ट,नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट रमेश सी र बलवान सी, जसपाबाट माधव प्रसाद उपाध्याय र अलि सहकारी रहेका छन् ।

मोर्चा घोषणा कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने आफूहरुको मुल ध्यये रहेकोले समाजवादी मोर्चा गठन गर्नुपरेको बताए । उनले विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन गरिएको प्रष्ट्याए ।

कार्यक्रममा नेकपा(समाजवादी) का केन्द्रिय सदस्य तुलाराज विष्टले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने आफूहरुको लक्ष्य रहेकोले मोर्चा गठन गरिएको धारणा राखे ।

नेकपा माओवादी केन्द्रका प्रदेश सचिव धनजीत बहादुर शाहीले वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशको विकास गर्ने मोर्चाको योजना रहेको बताए ।

कार्यक्रममा मोर्चाका प्रदेश सदस्य दिनेश चदारा, विराट सी र सभ्यता सि पनि सहभागी थिए । कार्यक्रमको अध्यक्षता लक्ष्मि प्रसाद चौलागाई,संचालन चित्रसिंह गाउले र स्वागत साहासि सिले गरेका थिए । प्रभात जनकलाकारका सांस्कृतिक कर्मीहरुले प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal