आज :

अर्थतन्त्रको संकट गहिरिएर देश गम्भीर अवस्थातिर जाँदैछः एमाले अध्यक्ष ओली

  • अनलाइन डबली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्रमा देखिएको संकट गहिरिँदै गएकाले देश गम्भीर संकटतर्फ जाने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका ओलीले नेपालको अर्थतन्त्रको संकट झनझन् गहिरिँदै गएको तर सरकार प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अर्थतन्त्रको सुधारमा भन्दा सुन तस्करी, चोरी निकासी, भ्रष्टाचार तथा गठबन्धनका अभियन्ताहरुको अपराध ढाकछोप, अवैध आर्जन जस्ता कुरामा लागेको आरोप लगाए ।

उनले भने, ‘अर्थतन्त्रको संकट गहिरिँदै गएको छ । ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य ४ दशमलव ३ मा खुम्चिने अन्तर्राष्ट्रिय संस्थाहरुले संकेत गरेका छन् । तर, सरकारको गति, दिशा र दशा हेर्दा २ प्रतिशत पनि नपुग्ने सहजै अनुमान गर्न सकिन्छ । यो अर्थतन्त्रको लगातारको अधोगति देशका निम्ति अत्यन्तै डरलाग्दो संकेत हो । म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि यो गम्भीर संकटतर्फ देश जाँदै छ ।’

राजस्व संकलनमा गिरावट आएको तर राज्यका निकायहरु अनौपचारिक अर्थतन्त्र जोगाउन लागेको उनको आरोप छ ।

ओलीले भने, ‘राजस्व संकलनको इतिहास समीक्षा गर्दा आर्थिक वर्ष ०३५–३६ को तुलनामा ०३६–३७ मा कम संकलन भएको थियो । त्यसपछि आव ०७८–८९ को तुलनामा ०८९–८० मा कम उठेको थियो भने ०८०–८१ को साउन र भदौ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा कम राजस्व संकलन भएको छ । ०८०–८१ को सुरुमै राजस्व संकलनको संकेत डरलाग्दो देखिएको छ । अनौपचारिक अर्थतन्त्र झाँगिएको छ ।

राज्यका निकायहरु चोरी, निकासी र तस्करीको संरक्षक, उत्प्रेरक, सहजकर्ता र अभिभावक बनेका छन् । करदाता, उद्योगी व्यवसायीमा आतंक सिर्जना गरिएको छ । स्वच्छ व्यवसाय गर्न नसक्ने बनाइएको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal