आज :

ठमेल क्षेत्र रातभरि खुला हुदै

  • अनलाइन डबली

काठमाडौँ । पर्येटकिय क्षेत्र ठमेलमा रातभरि व्यवसाय सञ्चालन गर्न दिन प्रहरीले तयारी थालेको छ ।  प्रहरी – प्रशासनले शान्तिसुरक्षाको अवस्था थप चुस्त बनाउने पहल गर्दा  यो क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन हुन् लागेको हो ।

जिल्ला सुरक्षा समितिले यससम्बन्धी निर्णय धेरै अघि नै गरिसकेको छ  भएता पनि , पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा रात्रीकालिन ब्यबसायी संचालनमा आउँन सकेको छैन । गत ३१ भदौमा सो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फेरि परिपत्र गरेपछि प्रहरीले त्यहाँको शान्ति सुरक्षाको जोखिम मूल्यांकन गरी त्यहीअनुसार तयारी थालेको हो ।

जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भूपेन्द्रबहादुर खत्री ठमेल क्षेत्रलाई रातभरि सञ्चालन गर्न दिने तयारी भइरहेको बताउँनु हुन्छ ।उहाका अनुसार ठमेललाई २४सै घन्टा खोल्न सरोकारवालासँग छलफल भैरहेको छ  । खासगरी सिसिक्यामरालगायत प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा बलियो बनाउने र सम्बन्धित व्यवसायीलाई नै थप जिम्मेवार बनाउने प्रहरीको योजना छ ।

१३ मंसिर २०७९ को जिल्ला सुरक्षा समितिको बैठकले नै ठमेलमा व्यवसाय गर्ने समय बढाएको थियो । सो बैठकले क्लब र डिस्को ४ बजेसम्म, डान्सबार, दोहोरी तथा लाउन्ज बारलाई २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । अन्य रेस्टुरेन्टलाई १२ बजे र मदिरा पसललाई १० बजेको समयसीमा तोकिएको छ । तर, यो निर्णय कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal