आज :

पाँच वर्षपछि नेपालमा नर्स र डाक्टर पाइँदैनन्: मन्त्री बस्नेत

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य तथा जनासङख्या मन्त्री मोहन बहादुर बस्नेतले आगामी पाँच वर्षपछि नेपालमा नर्स र डाक्टर नपाइने बताएका छन् । उनले चिकित्सा शिक्षा सम्बन्धी ऐनले समस्या पारेको भन्दै संशोधनको प्रक्रियामा रहेको जानकारी दिए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘क्यान्सर उपचारमा नयाँ उपलब्धी’ विषयक कार्यक्रममा उनले एक दशक अगाडिको ऐनले नेपालमा पाँच वर्ष भित्र डाक्टर पाउन समस्या हुने कुरा राखेर प्रधानमन्त्रीलाई मनाई सकेको भन्दै ऐन संशोधनको प्रक्रियामा रहेको बताएका हुन् ।

मन्त्रीले भने, ‘चिकित्सा शिक्षा ऐनले समस्या परेको छ । म पहिलो व्यक्ति हुँ जसले चिकित्सा शिक्षा ऐन संशोधन गर्नु पर्छ भन्ने राम्रा कुरालाई अङगीकार गर्दै जानुपर्छ छुटेका टुटेका त्रुटि भएका कुरालाई सच्याउँदै जानुपर्छ । एक दशक भईसक्यो भनेर म बोलिरहेको छु । पाँच वर्षपछि डाक्टर र नर्स नेपालमा पाईँदैन् । प्रधानमन्त्रीले मानि सक्नुभएको छ । प्रक्रिया अगाडि बढेको छ । हामी ऐनलाई संशोधन गर्ने कुरामा तपाईहरुको सुझाव पनि अपरिहार्य छ ।’

हेल्थ केयरको क्षेत्रमा भारतको सहयोग उल्लेखनीय रहेको स्मरण गरे ।

क्यान्सर जस्तो जघन्य रोगमा विज्ञहरु बसेर नेपालको अवस्था सुधारमा व्यापक छलफल गर्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal