आज :

राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरलाइ भन्यो ‘फुटपाथ व्यवसायीले गरिखानु पाउनु पर्छ ’ अभियन्ता ईः को जीवन रक्षाका लागि आग्रह

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगर पालिका नगर प्रहरीबात हटाइएका   वास्तविक पीडित र साना सडक व्यवसायीको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराएको छ ।

आयोगले बुधबार आज जारी गरिएको विज्ञप्तिमा फुटपाथ व्यवसायीले गरिखानु पाउनु , पर्छ भन्ने पक्षमा लगातार उभिएर नौ आन्दोलन गर्दै आएका अभियन्ता ईः को जीवन रक्षाका लागि समेत  जीवन रक्षाका लागि पहल गर्न सरकारसँग आग्रह गरेको हो  ।

यस्तै आयोगले जारिगरेको बिज्ञप्तिमा बनेको छ  ‘आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ’, ।

ईःले विगत ८ दिनभन्दा बढी समयदेखि काठमाण्डु महानगरपालिकाको कार्यालय भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको गेटमा अमानवीय र क्रुरतापूर्वक हटाइएका फुटपाथ व्यवसायीलाई विकल्प दिन माग गर्दै उभिएर धर्ना दिँदै आएका छन् ।

आयोगका अनुसार ई राति १२ बजेदेखि ५ बजेसम्म कुर्सीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेका छन् । विगत आठ दिनदेखि उभिएर धर्ना दिएका कारण उनका दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएको आयोगको भनाइ छ ।

आयोगले ईः ले साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानवअधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले उक्त मागमा संवेदनशील बन्न सरकार र महानगरलाई भनेको छ । आयोग सदस्य लिली थापा नेतृत्वको टोली मंगलबार सभागृह पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal