Skip
आज :

देशको अवस्था सिटामोल खाएर ठिक हुने खाले छैनः अध्यक्ष ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

जरामा रोग लागेको छ भने माथि पातमा औषधी राखेर केही नहुने भन्दै ओलीले अहिलेको अवस्थामा विशेष उपचारको आवश्यकता रहेको बताए । उनले भने, अहिलेको अवस्थामा सामान्य हिसाबले हुनेवाला छैन, सिटामोल खाएर यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हट्ने अवस्था छैन, यसको खास उपचार नगर्ने हो भने हुँदैन । जरामा रोग लागेको छ, माथि पातमा औषधी राखेर केही हुँदैन । अहिलेको अवस्था त्यहीनिर पुगेको छ ।’

 

यति गम्भीर कुराहरुप्रति सरकार बेखबर भएर ध्वस्त भएको अर्थतन्त्र सुधारको अवस्थामा छ भनेर जनतालाई झुटो आशा देखाइरहेको आरोप ओलीले लगाए । उनले भने, ‘गम्भीर कुराहरुप्रति सरकार बेखबर हुने र हाम्रो अर्थतन्त्रमा सुधारका लक्षणहरु देखिएका छन्, भनेर ध्वस्त भइरहेको छ, जनतालाई झुटो आशा देखाइरहेका छन् । यस्ते अवस्था हुनु हुँदैन । चलायमान नहुने स्थानमा गएर पैसा थुप्रिएको छ भने, त्यसलाई चलायमान स्थानमा लगेर पनि चलाउनु पर्ने हुन्छ । ढिलो गर्ने धेरै पर्खिनु पर्ने समय पनि छैन ।’

अध्यक्ष ओलीले उद्योगहरु बन्द भइरहेको गम्भीर अवस्थामा सरकार गम्भीर नभएको भन्दै यस्तो तरिकाले देश अगाडि नबढ्ने बताए । उनले भने, ‘हामी मिशन ८४ मा लागेका छौं तर त्यो समयसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ कि रहँदैन । नयाँ नेपालतर्फ जानुपर्ने, अर्थतन्त्र बलियो हुनुपर्ने, उत्पादन बढ्नु पर्ने अवस्थामा त्यस्तो केही भएको छैन । उद्योगहरु बन्द भइरहेका छन्, यो सामान्य कुरा होइन, उद्योगपतिलाई नाफा हुन्छ कि नोक्सान हुन्छ भन्ने कुरा होइन, देशलाई नाफा भएको छ कि नोक्सान त्यो हेर्नुपर्छ यो केही उद्यमीको विषय होइन, देशको विषय हो । यो विषयमा सरकार गम्भीर हुनुपर्छ । तर सरकार गम्भीर हुने स्थितिमा देखिँदैन्, यस्तै अवस्था हो भने देश अगाडि बढ्न सक्दैन ।’

उनले आजको समयमा नेपालजस्तो देश ओरालो झर्दै गएको भन्दै यस्तो अवस्थाबाट देशलाई कसरी अगाडि बढाउने र परिवर्तन ल्याउने कुरामा ध्यान दिनुपर्ने बताए ।

सरकारले ल्याएको बजेटलाई पनि उद्यमी व्यवसायीहरुको संस्थाबाट जस्तो स्वागत भयो त्यो देखेर आफू छक्क परेको भन्दै उद्यमी व्यवसायीहरु राजनीतिमा बढी लागेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal