आज :

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणः नेपाल–चीन बिजनेश फोरमलाई सम्बोधन

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन बिजनेस फोरमलाई सम्बोधन गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले बेइजिङमा संयुक्त रूपमा फोरमको आयोजना गरेका थिए ।

फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल अब गरिब मुलुक रहिरहने छुट नभएको बताए । “नेपाल र नेपाली जनतालाई गरिबीबाट बाहिर निकाल्न मेरो सरकारले काम गरिरहेको छ । हामी नेपाली जनताको विकास चाहन्छौं” प्रधानमन्त्रीले सम्बोधनको क्रममा भने ।

प्रधानमन्त्रीले नेपालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन गरी गरिबी निवारण र सम्पत्ति बढाउने काम गर्न चाहेको बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको र त्यो देशमा लगानी भित्र्याउनका लागि महत्वपूर्ण हुने उनले बताए ।

नेपाल सबैभन्दा उच्च र छिटो विकास गरिरहेका देशहरू चीन र भारतको बीचमा रहेको बताउँदै प्रधानमन्त्रीले यो रणनीतिक भूगोलले पनि नेपाललाई विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाएको उनको भनाइ थियो । चीनले लगानी र प्रविधिका क्षेत्रमा गरिरहेको प्रगतिबाट नेपालले लाभ उठाउन चाहेको पनि उनले बताए ।

चीनले गरिबी निवारण, नवप्रवर्तन, विज्ञान तथा प्रविधिमा गरेको प्रगति अनुकरणीय रहेको भदै प्रचण्डले प्रशंसा गरे ।

नेपाल र चीनको इतिहास र मित्रता पाँचौं शताब्दीदेखि सुरु भएको र हाल उचाइमा रहेको उनले बताए । नेपाल र चीनबीचको व्यापार बढिरहेको भन्दै प्रचण्डले खुसी व्यक्त गरे ।

फोरममा नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल टेड (सीसीपीआईटी)बीच नेपाल–चीन बिजनेस काउन्सिल गठन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा दुई संस्थाबीच सहमति हुन सफलता भएको व्यवसायीले बताएका छन् ।

समझदारीपत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष झाङ साओगाङले हस्ताक्षर गरेका छन् । काउन्सिलमा दुवै संस्थाका दुई–दुई जना प्रतिनिधि रहने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal