आज :

सुर्खेतमा मुख्यमन्त्री शर्मा सहित शिर्ष नेताद्धारा कचहरीले प्रेस क्लब उद्घाटन

 

 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कचहरीले प्रेस क्लब सञ्चालनमा आएको छ । संविधान दिवसको अवसर पारेर कचहरी प्रेस मिडिया प्रा।लि।ले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक कचहरी प्रेस क्लबको शुभारम्भ गरेको छ । “संविधान कार्यान्वयनमा कर्णाली ः उपलब्धि र चुनौति” विषयक अन्तर संवाद कार्यक्रमको आयोजना गरी क्लबको सुभराम्भ गरेको हो । कार्यक्रममा मुख्य वक्ता कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रमुख प्रतिपक्ष दलका नेता यमलाल कँडेल, नेपाली काँग्रेश संसदीय दलका सचेतक हिक्मत बिष्टको उपस्तितिमा कार्यत्रम सम्पन्न भएको छ ।
क्लबको शुभराम्भ कार्यक्रममा बोल्दैँ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता महशुस भईसकेको बताउनु भएको छ । माओवादी केन्द्रले संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था राख्ने चाहेको भएपनि सहमति नभएकोभन्दै अहिले त्यसको आवश्यकता महशुमहशुस भए संविधान संशोधन गर्नुपर्ने उहाँको भनाई छ । अहिलेको संविधान उत्कृष्ट हुँदा हुँदै समय अनुकुल परिमार्जन गर्नुुपर्ने भएकाले कुनै धर्मग्रन्थ जस्तो अपरिवर्तनीय नबुझ्न आग्रह गर्नुभयो ।
त्यस्तै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले काँग्रेस बैसाखी बिना टिक्नै नसक्ने पार्टी भएको आरोप लगाएका छन् । अहिले सत्तामा भएको पार्टी जनता अलमल्याउनेतर्फ लागेको बताउनुभयो । ’चुनाव सकिएको एक वर्ष नहुँदै सरकारमा भएको पार्टी नै अभियान भनेर जनता अलमल्याउनेतर्फ लागेको छ उहाँको भनाई छ । संवैधानिक प्रक्रिया पूरा गरेर छिमेकी जिल्ला बाँके र बर्दियालाई कर्णालीमा समावेश गर्न लाग्नुपर्ने बताए । संविधान जारी गर्दा नै कर्णाली प्रदेश रगत बगाएर प्राप्त भएको स्मरण गर्दै भौगोलिक र सामाजिक सांस्कृतिक रूपमा जोडिएका बाँके र बर्दियासहितको
प्रदेश बनाएको भए उत्कृष्ट प्रदेश हुने बताउनुभयो ।

कर्णाली सरकार मन्त्री उत्पादन गर्ने कारखाना बनेको सबै सांसदलार्ई मन्त्री बनाएर छोड्ने पार्टीबाट विकास हुन्छ भन्ने विश्वास नभएको उहाँले बताउनुभयो ।
राज्यले कर्णाली प्रदेशलाई विशेष अभिकार प्रर्दान गर्नु पर्ने नेपाली काँग्रेश संसदीय दलका सचेतक हिक्मत बिष्टले बताउनुभयो । अन्य प्रदेश जस्तै कर्णालीलाई पनि त्यस्तै व्यवहार गरेमा कर्णालीको विकासमा बाधा हुने त्यसकारण कर्णालीलाई अन्य प्रदेशको तुलनामा धेरै सकरात्मक बन्नु पर्ने उहाँको भनाई छ । कर्णाालीमा थुप्रै सम्भावना छन् त्यस्ता सम्भावनाकोका कुरालाई अध्यान अनुसन्धान गरि कार्यन्वयनमा लैजनाका लागी अति आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रमा कर्णाली प्रदेशमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरथ पत्रकारहरुको सहभागीतामा क्लबको शुभराम्भ कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal