आज :

जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

  • अनलाइन डबली

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।

सोमबार ललितपुरमा ज्यापु समाजको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले जाति र भाषाको नाममा समुदायबीच द्वन्द्व उत्पन्न गराउने दुष्प्रयत्न भइरहेको भन्दै नेपालीबीचको सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर पार्ने कुनै पनि षडयन्त्र सफल हुन नदिने बताउनु भएको हो ।

मन्त्री श्रेष्ठले भन्नु भयो ‘जातीय भाषिक समुदायको बीच धार्मिक समुदायको बीच द्वन्द्व, संघर्ष पैदा गराउने एउटा वा अर्को कोणबाट दुष्प्रयत्न भइरहेको पनि हामी देख्न सक्छौँ । जो अन्जानमा त्यस्तो काममा सामेल हुनुभएको छ,’ , ‘उहाँहरूले हाम्रो मौलिक पहिचान बुझिदिनुहोला र आफूलाई सच्याउनु होला । जसले नियोजित ढंगले यस्तो काम गरेको छ । नेपालीहरूबीच सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर हुनदिने छैनौँ कुनै पनि षड्यन्त्र सफल हुनदिने छैनौँ ।’

मौलिक परम्परा र संस्कृतिलाई बचाई राख्न समाजले गरेको कदमको मन्त्री श्रेष्ठले स्वागत गर्नु भयो  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal