आज :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु

  • अनलाइन डबली

काठमाडौं ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  भुटानको ड्रुक एयरले  यात्रु लिएर पहिलोपल्ट अन्तर्राष्ट्रिय  व्यावसायिक उडान भरेको छ ।

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार आज बिहान पैने ७ बजे पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर सवा ८ बजे थिम्पु फर्किएको हो ।

युरोपेली पर्यटक समुह  भारत,नेपाल र भुटान घुम्ने गरी ड्रुक एयर चार्टर गरेका थिए ।भुटानबाट आएको ड्रुक एयरको विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिएको थियो ।

विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णका अनुसार  सञ्चालनमा आएको ८ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको छ । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए । जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित हुँदा चार्टड गरेर अन्तर्राष्ट्रिय जहाज आउँदा भने पोखराका पर्येटन ब्यबसायी तथा संघसस्थाले भव्य स्वागत र बिदाइ गर्ने गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal