आज :

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना 

  • अनलाइन डबली

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही मधेश, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर रहेको छ । नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक प्रभाव रही हाल कोशी, मधेश, बागमती,  लुम्बिनी  र  कर्णाली  प्रदेशका  थोरै  स्थानहरूमा  हल्का  देखि  मध्यम वर्षा  भइरहेको छ ।

आज दिउँसो  देशभरको मौसम आंशिक  देखि  सामान्य  बदली  रहनेछ ।  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका थोरै स्थानहरुमा मेघ  गर्जन÷चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  विभागले जनाएको छ । दिउँसो विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  उल्लेख गरेको छ । शनिबार राती देशभर मौसम आंशिक  देखि  सामान्य  बदली  रहनेछ । राती मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना रहेको छ ।

साथै मधेश प्रदेश  लगायत  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  तराईका   भू–भागका केही स्थानमा हावा–हुरीको  पनि  सम्भावना  रहेकोल सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal