
धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउदले खुला सीमा लागू औषध ओसारपसार रोकथामको मुख्य चुनाैती भएकाे बताएका छन् ।
शुक्रबार कैलालीस्थित फुलबारी जेसिजले ८ औं स्थापना दिवसकाे अकसरमा आयाेजना गरेकाे लागू औषध तथा कार्यक्रममा बाेल्दै मन्त्री साउदले प्रदेश सरकार कुलतबाट युवालाई बताउन लागि परेकाे बताए ।
लागू ओषधबाट युवालाई बचाउन सरकारमात्र नभएर समाजक दायित्व भएकाे बताउदै मन्त्री साउदले बालबालिकालाई कुलतबाट बचाउन अभिभावक जिम्मेवार हुनुपर्ने बताए । उनले घरबाटै लागू ओषध तथा कुलतबाट पनि जनाकारी गराउनु पर्नेमा जाेड दिए ।
“लागू ओषध ओसारपसार तथा प्रयाेगबाट युवा जनशक्तिलाई बचाउन डण्डा लगाएर वा जेल काेचेर मात्रै सम्भव छैन । सिंगाे समाज एकजुट भएर लाग्नुपर्छ, त्याे घरबाटै सुरु गर्नुपर्छ” मन्त्री साउदले भने । उनले भारतसँगको खुला सीमा भएकाले कारण प्रदेशमा लागु औषध तथा दुव्र्यसन थप चुनौती बन्दै गएको बताए ।
लागू औषध ओसारपसारकाे जालाे प्रदेशभर फैलिसकेकाे बताउँदै मन्त्रीले यसलाई राेक्न नसके दस वर्षमा कल्पना गर्न नसकिने अबस्था सिर्जना हुने बताए । उनले प्रदेश सरकारले पुनःस्थापन केन्द्र खाेल्ने मन्त्रालयकाे याेजना भएकाे जानकारी समेत दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी बिकले कुलतरहित समाज निर्माण नगरे देश नबन्ने बताइन् ।