धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी डडेल्धुराका गाउँगाउँमा पुगेका छन् । मन्त्री धामीले परशुराम नगरपालिकाका टोलटोलमा पुगेर जनताका गुनासो र सुझाव सुनिरहेका छन् ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका धामी पार्टीले संचालन गरेको तीन महिने अभियानको क्रममा परशुराम नगरपालिकाका जनतासँग साक्षात्कार गरिरहेका छन् । आज अभियानको क्रममा नगरपालिकाको वडा नम्बर ३ भिर्कोटका स्थानीयसँग छलफल गरेका छन् ।
अभियानको कार्यतालिकासँगै मन्त्री धामीले मन्त्रालयको तर्फबाट जनताका गुनासा र सुझाव पनि सुन्ने गरेका छन् । उनले आफ्नो मन्त्रालयबाट परशुराम नगरपालिकामा केही नयाँ काम सुरु गर्न चाहेको भन्दै त्यसको लागि सुझाव पनि मागेका छन् ।
तीन महिने अभियानको क्रममा धामीकाे कार्यक्षेत्र परशुराम नगरपालिकामा परेकाे छ ।