आज :

२४ घण्टामै सरकार ढाल्ने सांसद सुनिल शर्माको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले, आफूहरु लाग्ने हो भने सरकार २४ घण्टामै ढल्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भएको भन्दै त्यस विरुद्ध आवाज उठाउन ढिला भएको बताए । उनले अहिलेका प्रधानमन्त्री प्रचण्डलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने भन्दै प्रश्न उठाए ्।

उनले भने ‘सिंहदरबार घेर्नु पर्छ भने त्यो घेरौं । गान्धिको चर्खा आन्दोलन जस्तै दशौं लाख मानिसहरु सडकमा निस्कौं र हामी सुतौं र भनौं एउटा मान्छे एउटा पार्टीको ४० वर्षसम्म अध्यक्ष हुन पाउँछ कि पाउँदैन् ? कानून त्यहाँ परिर्वतन गर्नु पर्छ हामीले, एउटा मान्छे छ पल्ट प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैन् कानून हामीले त्यहाँ परिर्वतन गर्नु पर्छ हामीले । अमेरिकी स्टाईलमा लैजाँउ न हामी एक व्यक्ति एक पद दुईपल्ट यतिमात्रै चेन्ज गर्यौ भने नेपालको ९० प्रतिशत समस्या समाधान हुन्छ ।’

उनले उद्योग बाणिज्य महासंघले आफ्नो क्षमता नबुझेको भन्दै उद्योगीहरुले चाहे २४ घण्टामा सरकार ढल्ने ठोकुवा गरे । उनले भने ‘एफएनसीसीआईका साथीहरु तपाईहरुले आफ्नो दम बुझ्नु भएको छैन् । यो सरकार २४ घण्टा टिक्दैन यदी हामी लाग्यौं भने । ’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal