आज :

ललिता निवास प्रकरणः सुहृदराजले श्रीमतिको नाममा कब्जा गरेको जग्गा महंगोमा बेचेका थिए

  • अनलाइन डबली

काठमाडौँ । विवादित व्यवसायी सुहृदराज घिमिरेले किर्ते गरी ललिता निवासको जग्गा श्रीमतिको नाममा गरेको भन्दै मुद्धा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रेखालाई प्रतिवादी बनाउँदै ७० करोड ३९ लाख भन्दा बढी बिगो दाबी गरेको छ ।

सीआईबीले हालै दर्ता गरेको मुद्धमा घिमिरेले श्रीमति रेखाको नाममा कित्ता नं. ७० को २–४ रोपनी जग्गा र कित्ता नं. ८३ को ३–४ जग्गा नाम गराएको ठहर गरिएको छ । उक्त जग्गा झुटो तथा किर्ते ब्यहोराको निवेदनका आधारमा रेखाको नाममा गरिएको हो । घिमिरेले आफूलाई नदेखाएर रेखाको तर्फबाट टेकनाथ भट्टराईलाई वारेश बनाइएको छ ।

घिमिरेले श्रीमतिको नाममा कब्जा गरेको सरकारी जग्गा मिनबहादुर गुरुङ, इन्दु शर्मा राम कुमार सुवेदी, शोभाकान्त ढकाल, मन्ती गोर्खाली र अच्युतराज श्रेष्ठलाई महंगोमा बेचेर फाइदा लिएको सिआईबीको प्रतिवेदनमा उल्लेख छ ।

“…झुटो तथा किर्ते व्यहोराको निवेदन प्रतिवादी रेखा घिमिरेको वारेश टेकनाथ भट्टराईले पेश गरेको निवेदनको आधारमा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँबाट रेखा घिमिरेको नाममा दर्ता भएको साविक नगर २३ क्ष कि. नं. ७० को क्ष.फ. २–४–०–० रोपनी जग्गा र कि. नं. ८३ को क्ष.फ. ३–४–०–० जग्गा नयाँ नापिको नगर ४ सिट नं. १०२५–१५ कि. नं. ५३, ६३ को क्ष. फ. ०–६–०–०, २–११–०–३ र ऐ सिट नं. १०२५–२० कि. नं. ८ को क्ष.फ. २–१४–२–३ रोपनी जग्गा मालपोत कार्यालयका कर्मचारी तथा स्थानीय जनप्रतिनिधि र साथै संधियार समेतको मिलोमत्तो र सहयोग लिई साविक नापी तथा दोस्रो नापीको श्रेष्तामा समेत उल्लेखित जग्गाहरुको श्री ५ को सरकार समरजंग कम्पनी उल्लेख भई आएकोमा उक्त कुरा हटाई उल्लेखित जग्गाहरु हाल साविक गरी गराई आफ्नो नाममा श्रेष्ता कायम गरी उक्त जग्गा खण्डिकरण, कित्ता काट समेत गरी मिनबहादुर गुरुङ, इन्दु शर्मा राम कुमार सुवेदी, शोभाकान्त ढकाल, मन्ती गोर्खाली र अच्युत राज श्रेष्ठ समेतलाई बिक्री वितरण गरी आर्थिक लाभ लिई प्रतिवादी रेखा घिमिरेले बिगो रु. ७०,३९,१४,४४६।– बराबरको सरकारी जग्गा व्यक्ति विशेषको नममा दर्ता कायम गरी प्रस्तुत कसूर गरेको देखिदा निज प्रतिवादी रेखा घिमिरेले गरेको उक्त कार्य साविकको मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. र २ नं. मा परिभाषित कसूर रेको देखिन आयो” सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal