आज :

असनको क्वथुननि संरक्षणको माग, भूमि व्यवस्था तथा सहकारी मन्त्री श्रेष्ठ चौधरीलाई मागसहितको प्रतिवेदन हस्तान्तरण

  • अनलाइन डबली

भदौ ११, काठमाडौँ  । ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको असनको क्वथुननि संरक्षण गर्नुपर्ने मागसहितको प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई हस्तान्तरण गरेको छ । असन क्वथुननि बचाउ अभियानले मन्त्री श्रेष्ठलाई सम्बन्धित ठाउँमा निरीक्षण गराएपश्चात् प्रतिवेदन हस्तान्तरण गरेको हो । अभियानले हस्तान्तर गरेको प्रतिवदेन बुझ्दै मन्त्री श्रेष्ठले क्वथुननिको विषयमा आफ्नो ध्यानाकर्षण भएको तथा यसको विषयमा सत्यतथ्य बुझ्ने आश्वासन दिइन् ।

क्वथुननिमा अहिलेपनि ५ सय वर्ष पुरानो अमिताभ बुद्धको प्रतिमा तथा अन्य थुप्रै पुरातात्त्विक महत्त्वका सामग्रीहरु छन् । सो ठाउँ अशोक वृक्ष बिहारको नामले पनि परिचित छ ।
‘मौलिक सम्पदालाई गुठीयारहरुले प्रभावमा पारेर छुट गुठीको नाउँमा निजी रैकर उल्लेख गरी नक्कली पूर्जा बनाएको छ । पछिल्लो केही दसक अघिको अस्थिर राजनीतिको फाइदा उठाएर सो ठाउँमा मौलिकता बिगारेर व्यावसायिक भवन बनाउने योजना समेत बुनेको छ ।’ अभियानका नमस्ते साय्मि जनाए । वायु देवता गुठी उल्लेख भएको ८ आन दुई पैसा जग्गामा बनेको घडीघरको नाउँले समेत परिचित सो पुरातात्त्विक महत्त्वको सम्पदा संरक्षण हुनुपर्ने साय्मिको माग रहेको छ ।
हुनपनि मौलिक सम्पदामा निहीत स्वार्थपूर्ति गर्ने उद्देश्यले व्यावसायिक भवन बनाउनको लागि २५ वर्षको भाडा सम्झौता समेत गरेको बताइएको छ । त्यही भएरपनि स्थानियबासीले विरोध गर्दै आएको हो । सो विषयमा गुठी संस्थानको नाउँ समेत जोडिएको छ ।
‘स्थानीय बासिन्दाले मौलिक सम्पदा मासेर व्यावसायिक भवन नबनाउन माग गर्दै आएको छ । तर माग सुनुवाइ नभएपछि हामीले सम्पदा सम्बन्धिको सत्यतथ्य विषय मन्त्रीलाई अवगत गराउन क्वथुननिमा निरीक्षण गराएका छौं ।’ स्थानिय सचिव बज्राचायले जनाए ।
एक फरक प्रसंगमा, मन्त्री श्रेष्ठले काठमाडौंको पुरानो बस्तीभित्रका स्वबासीहरुको अवस्थाको विषयमा समेत चासो राखिन् । काठमाडौंको सभ्यता संरक्षण गर्दै आएका स्थनियबासीहरुको स्वबासी पूर्जा सम्बन्धिको समस्या हल गर्ने सम्बन्धमा काम भइरहेको समेत उनले जनाइन् । त्यसको लागि अधिकार सम्पन्न आयोग गठन गरी स्वबासीहरुलाई लालपूर्जा वितरण गर्ने बताइन् । कार्यक्रममा वाग्मती प्रदेशकी सांसद समिता खड्गी, उमेश स्थापित लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal