काठमाडौँ । करछलि, अकुत सम्पति विदेश पठाउने त कहिलै राज्यको सम्पति दोहनका कारण विवादित बन्दै आएका व्यवसायी सुहृदराज घिमिरे ललिता निवास जग्गा कब्जा गर्न साक्षी समेत बसेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले घिमिरेलाई फरार प्रतिवादी बनाएर मुद्धा दर्ता गरेको छ ।
घिमिरेले श्रीमति रेखाको नाममा ललिता निवासको जग्गा कब्जाको साक्षी बसेका हुन् । घिमिरेको सेटिङमा श्रीमति रेखाको नाममा कि. नं. ७० को क्षेत्रफल २–४–०–० रोपनी जग्गा र कि. नं. ८३ को क्षेत्रफल ३–४–०–० जग्गा कब्जा गर्न रेखाले टेकनाथ भट्टराईलाई वारेस बनाएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
तत्कालिन सरकारले २०२१ कात्तिक १५ गतेको निर्णयअनुसार अधिग्रहण गरेको ललिता निवासको ११२–४–१–० जग्गा शैलजा राणाले झुटा, फरक तथा किर्ते व्यहोरा उल्लेख गरी पेश जफत भएको भन्दै निवेदनलाई मात्र प्रमाण मानेर भूमिसुधा तथा मालपोत कार्यालयका कर्मचारीले सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
“…निवेदकको हक भोगको जग्गाको श्री नापी शाखाबाट प्राप्त बिवरण अनुसार हा.सा. गरी नक्साको बीचमा देखिएको बाटोको संकेत हटाई निजकै नाममा कायम गरी श्रेष्ता अद्यावधिक गरी दिएमा पछिसम्म कुनै फरक पर्ने छैन भनी निज प्रतिवादी सुह्दराज घिमिेरे समेतले मुचुल्कामा साक्षी बसी निजले सहिछाप समेत गरेको देखिन्छ” अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
घिमिरेले २०६० फागुन ३० गतेको सर्जमिन मुचुल्कामा साक्षी बसेर हस्ताक्षर गरेर २३ करोड ४६ लाख ६६ हजार ६६७ रुपैयाँ बराबरको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरेर किर्ते कार्य गरेको प्रहरीले ठहर गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा दोषी २९० मध्ये घिमिरेको नाम ३५ नम्बरमा छ । कुल १८ अर्ब बिगो दाबीमध्ये उनको भागमा २३ करोड ४६ लाख ६६ हजार ६६७ रुपैयाँ परेको छ ।


अनलाइन डबली



