काठमाडौँ । पाकिस्तान-नेपाल मैत्री महोत्सव सम्पन्न भएको छ । सेन्टर फर एसियन स्टडिज र महाकाली डान्स काउन्सिलले पाकिस्तानी दूतावासको सहकार्यमा बिहिबार बात संचालन भएको महत्सव शनिवार एककार्येक्रमका बीच समापन भएक हो ।
समापन समारोहमा विभिन्न विधामा पुरस्कार विजेताहरुलाई प्रमुख अतिथि पाकिस्तानका कार्यवाहक प्रमुख उमैर अली र विशेष अतिथि नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले पुरस्कार वितरण गरेका थिए ।
तीन दिन सम्म संचालन भएको कार्यक्रममा निबन्ध लेखन, हस्तलेखन, चित्रकला प्रतियोगिता र सांस्कृतिक नृत्यमा ३० विद्यालयका ७०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।