आज :

आजको मौसमः गण्डकी र मधेस प्रदेशका बारा धनुषामा भारी वर्षा 

  • अनलाइन डबली

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट मौसममा सुधार आउने जनाएको छ । तर, गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकोले अहिले कोशी प्रदेशका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । साथै,आज देशभर आंशिक देखि सामान्य बदली रहने संभावना रहेको विभागले जनाएको छ ।

मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ । आइतबार राति भने देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो चौविस घण्टामा मधेश प्रदेशमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै जनकपुमा ९५ दशमलव १ मिलिमिटर वर्षा भएको छ । यस्तै, धनगढीमा ८७ दशमलव ९, सिमरामा ५९ दशमलव ८,घोरहीमा १८ दशमलव ९ तथा काठमाडौंमा १३ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ ।

मधेश प्रदेशका बारा, धनुषालगायतका जिल्लामा पछिल्लो चार घण्टामा भारी वर्षा भैरहेको जनाउँदै महाशाखाले बाढी आउनसक्ने भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal