आज :

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको बैठकः ७९ वटा अभियान टोली, को नेता कहाँ ? यस्तो छ कार्यविभाजन

  • अनलाइन डबली

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ । मंगलबार धनगढीमा सम्पन्न बैठकले पार्टीको तीन महिने अभियानको लागि नेताहरुको कार्यविभाजन गर्नुको साथै जिल्ला इन्चार्ज समेत तोकेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी सचिव तथा सुुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्यले तीन महिने अभियानमा जनतासँग नेता कार्यकर्ताले आत्मालोचना गर्नुपर्ने बताए ।

“जनता होइन हामी नेताहरु बिग्रेको छौं । राजतन्त्रात्मक व्यवस्था ढालेर गणतन्त्र ल्याउन जनताले माओवादीलाई साथ दिएका थिए । तर हाम्रो पछिल्लो पटकका व्यवहारले आफूहरुसँग गरेका वाचा र प्रतिवद्धता माओवादीले तोड्यो कि भन्ने जनतालाई शंका पैदा भएको छ । त्यो शंका मेटाउन आत्मसमिक्षासहित जनतामा जान अभियान घोषणा गरिएको हो । अब हामीले फेरि कमिकमजोरीप्रति आत्मसमिक्षा गर्दै जनतासँग एकाकार गर्नुपर्छ” सचिव आचार्यले भने ।

जनयुद्धमा सुदूरपश्चिमले खेलेको जस्तै पार्टी रुपान्त्रणमा पनि भूमिकाको अपेक्षा आफूले गरेको भन्दै इन्चार्ज आचार्यले आआफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिए । त्यसैगरी पार्टीका स्थायी समिति सदस्य खगराज भट्टले जनयुद्धमा सुदूरपश्चम तेस्रो पिलरको भूमिका पूरा गरेको बताउँदै अभियानले आगामी २०८४ सालको चुनावमा पहिले पिलरको बन्ने अपेक्षा गरे । भट्टले भने, “जनयुद्धमा सुदूरपश्चिम तेस्रो पिलर बनेर उभिएको थियो । यो अभियानले आगामी चुनावमा पहिलो पिलर बन्नेछ, यही लक्ष्यसहित हामी सबै तीन महिना जनताको घरघरमा पुुग्नेछौँंँ ।”

बैठकले केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुको कार्यक्षेत्र समेत तोकेको छ । जिल्ला इन्चार्ज पनि तोकेको छ । जसमा अछाम ओमप्रकाशन पुन, बाजुरा देवकी मल्ल, बझाङ लालबहादुर सोडारी, डोटी लक्षिराम आचार्य, डडेल्धुरा हरि ज्ञावाली, बैतडी रामप्रसाद तिमिल्सिना, दार्चुला नरेन्द्रर कुँवर, कञ्चनपुर वीरमान चौधरी र कैलालीमा टेकेन्द्र भट्ट रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal