आज :

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा पक्राउ, आठ वर्ष जेल सजाय हुने

  • अनलाइन डबली

काठमाडौं । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएलगतै पक्राउ परेका छन् । पक्राउलगतै अदालत पु¥याइएका उनलाई त्यसपछि जेल चलान गरिएको छ ।

दूरसञ्चार व्यवसायी थाक्सिन सिङ्गापुरबाट निजी बिमान चढेर बैंकक पुगेका थिए। थाइल्याण्डको खाओसोद सञ्चार माध्यम एवं त्यहाँका सार्वजनिक सञ्चार माध्यमका अनुसार उनी मङ्गलबार बिहान ९ बजे बैंकक पुगेका थिए ।

सिनावात्राले बैंकक आएलगतै त्यहाँका राजालाई सम्मान गरेका थिए । त्यसपछि उनलाई पुलिसको निगरानीमा सर्वोच्च अदालत लगिएको थियो । उनलाई शक्तिको दुरुपयोगसहित अन्य गम्भीर अपराधका अभियोग लगाएको छ । यस घटनालाई थाक्सिनका समर्थकले राजनीतिक प्रतिशोधका रुपमा अथ्र्याएका छन् ।

“बुबा थाइल्याण्डमा यहाँलाई स्वागत छ,” उनकी छोरी पइटङटार्न सिनावात्राले आफ्नो इन्टाग्राममा परिवारको तस्बिर राख्दै भनेकीछिन्, “उहाँ कानुनी प्रक्रियामा प्रवेश गर्नुभयो ।” अदालतपछि उनलाई बैंकको जेलमा लगिएको थियो । सर्वोच्च अदालतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भनेको छ – उनले आठ वर्षको जेल सजाय भोग्ने छन् ।
सन् २००१ मा ग्रामीण जनतालाई राज्यको सम्भ्रान्त वर्गले वेवास्ता गरेको जस्ता लोकप्रिय अपिल गर्दै थाक्सिन सत्तामा पुगेका थिए । त्यसको पाँच वर्षपछि उनी न्यू योर्कमा संयुक्त राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्दै गर्दा सन् २००६ मा थाइल्याण्डको सेनाले सत्ता कब्जा गरेको थियो ।

उनलाई देशको मुस्लिम बाहुल्य रहेको दक्षिणी प्रान्तमा हिंसात्मक द्वन्द्व मच्चाएको र हजारौंको ज्यान लिने लागूऔषध युद्धमा प्रयोग गरेका जस्ता गम्भीर मानवअधिाकर उलङ्घनका आरोप लगाएर सन् २००८ मा निर्वासनमा पठाइएको थियो । सन् २००६ मा कु भए यता थाइल्याण्डीमा उनी सर्थकहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal